मन्त्री महासेठ सवार गाडी खोलामा दुर्घटना

पुल शिलान्यासका लागी स्याङ्जा पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी खोलामा पल्टिएको छ ।

एक खहरे खोलाको पुल शिलान्यास गरी फर्किने क्रममा मन्त्री महासेठ सवार बा २ झ ४०२९ नम्बरको गाडी स्याङ्जाको अर्जुन चौपारी–३ स्थित घट्टे दरौ खोलामा पल्टिएको हो ।

मन्त्री चढेको गाडी खोलामा पल्तिएपछि सो घटनामा परेका मन्त्री महासेठ भने सकुशल छन् ।

एक्कासी गाडी खोलामा पल्टिएपछि उनलाई सुरक्षाकर्मीले बाहिर निकालेका थिए भने डुबेको गाडी क्रेनले निकालेको छ ।

सोम, जेष्ठ २७, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस