सडक निर्माणमा ठुलो भ्रष्टचार, एकातिर बनाउदै अर्कोतिर भत्किदै

जनकपुरधाम : निर्माण नसकिँदै जनकपुर–जलेश्वर–भिठ्ठामोड सडकखण्ड भासिन थालेको छ। संसदीय अनुगमन समितिले सडक गुणस्तरहीन रहेको ठहर गरेको छ। सडकमा ठूलो भ्रष्टाचार भएको अनुगमन समितको निष्कर्ष छ। नेपाल–भारत जोड्ने व्यापारिक तथा धार्मिक सडकको आधारशिला नै कमजोर रहेको संसदीय समितिको बुझाइ छ।

संघीय संसद् अन्तर्गतको विकास तथा प्रविधि समितिले सडक अनुगमन गर्न गठन गरेको उपसमितिकी संयोजक इन्दु शर्माले भनिन्, ‘नजिकै गहिरो खाल्टो खनेर हालिएको माटो वर्षाले बगाउँदा सडक भासिन थालेको छ।’ यो खबर आजको अन्नपूर्ण पोष्टले छापेको छ।

सोम, जेष्ठ २७, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस