बैदेशिक रोजगारीमा जानेलाई सस्तोमा सेवा दिदा ज्यान मार्ने धम्की कम्तिमा हजार लिनैपर्ने

सुनौलो नेपाल/ बिराटनगर – बैदेशिक रोजगारीका लागी विदेश जाने कामदारको श्रम स्वीकृति पुर्व अनलाइनबाट भर्नुपर्ने अनलाइन फारम दुई सयमा भरेको भन्दै ज्यान मार्ने धम्की आएको छ।

प्रदेश नम्बर १ को श्रम कार्यालय बिराटनगरमा अनलाइन फारम संघ नै बनाएर सेवाग्राहीबाट एक हजार लिएर काम हुदै आएकोमा तुलसी ढकालले दुई सय लिएर अनलाइन फारम भर्न थालेपछि अनलाइन संघका अध्यक्ष नवराज काफ्ले सहितको टोली पसलमै पुगेर आइन्दा दुई सयमा काम गरे पसल बन्द गर्दिने र ज्यानलिने समेतको धम्की दिएका पीडितले सुनौलो नेपाललाई बताए।

दुई सयमा काम गर्दा तपाईलाई घाटा हुन्छ होला नि भन्ने प्रश्नको जवाफमा उनले भने हाम्रो खर्च हुने भनेको एउटा १० रुपैयाको टिकट र ३/४ वटा पेपर मात्र हो अरु सबै फाइदा हो।

यसअघि पनि श्रीमन्त भटराई र अभिषेक घिमिरेले त्यस्तै अभियान थालेपछि सो संघले पसलमै गएर धम्की दिएको र ज्यान मार्ने धम्की आएको भन्दै उनीहरुले समेत उजुरी दिएको बिराटनगरका बरिष्ठ श्रम अधिकृत प्रेम संजेल बताए।

श्रम कार्यालय बाहिर दादागीरीको भरमा व्यवसाय चलेको पसल खोल्न अनलाइन संघलाई एक लाख बुझाउनु पर्ने, एक हजार भन्दा कम पैसामा सेवा गर्न नपाइने, ३५ सयको भाडालाई ३५ हजार पुर्याईएको लगायतका काण्डले प्रदेश १ मा पुगेको श्रम व्यवस्थित हुन् सकेको छैन।

हेर्नुहोस यसै बिषयमा सुनौलो नेपालले तयार पारेको भिडियो रिपोर्ट

सोम, जेष्ठ २७, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस