गुठि बिधेयकको बिरुद्ध संसदमा काँग्रेसको हंगामा

२७ जेठ, काठमाडौं । गुठी विधेयकविरुद्ध आन्दोलित गुठियारहरुमाथि सरकारले दमन गरेको भन्दै प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षका सांसदले विरोध गरेका छन् ।बैठकको शुरुमै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले गुठियारमाथिको दमन र गुठी विधेयकप्रति आपत्ति जनाएका थिए । त्यसलगत्तै सभामुखले नेकपाकी सांसद भुसाललाई बोल्न समय दिए पनि कांग्रेस सांसदहरु उभिएर विरोध गरे ।

सभामुखले सोही विषयमा भुसालले बोल्न चाहेकाले सुन्न आग्रह गर्दा पनि कांग्रेस सांसदले विरोध जनाएर होहल्ला गरेपछि भुसालले आफ्नो भनाइ राखिन् । उनले गुठी बिधेयक संस्कृति समाप्त पार्ने ढंगले आएको भन्दै विधेयक र गुठियारमाथिको दमनको विरोध गरिन् ।

सोम, जेष्ठ २७, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस