माईतीघरमा प्रहरीले हानेको किकले अशान्त बन्यो संसद बैठक (भिडियो)

काठमाडौँगुठीयारमाथि सरकारले धावा बोलेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध गरेको छ।प्रतिनिधिसभाको सोमबारको बैकठमा नेपाली परम्परा, धर्म र संस्कृतिमाथि आँच ल्याउने उद्देश्यसहित गुठी विधेयक सरकारले ल्याएको र त्यसविरुद्ध बोल्दा टाउको फुटाउने स्थिति आएको भन्दै उसले संसद अवरोध गरेको हो।

भूमिसुधार तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गुठी विधेयक नेपाली धर्म र संस्कृतिविरुद्ध नआएको स्पष्टीकरण दिएपनि कांग्रेसले त्यसमा चित्त बुझाएन ।आइतबार गुठियारमाथि प्रहरीले गरेको दमनबारे गृहमन्त्रीले स्पष्टीकरण नदिएसम्म संसद चल्न नदिने अडान कांग्रेसले लियो।

सोम, जेष्ठ २७, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस