डोनाल्ड ट्रम्प र सी जिन पिङ बीच डिनर वार्ता जापानमा हुने

जेठ २८ काठमान्डौ करिब नौ महिनादेखि व्यापार युद्धमा रहेका दुई शक्ति राष्ट्र अमेरिका र चीनका राष्ट्रपतिबीच यही महिनाको अन्त्यमा डिनर वार्ता हुने भएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्प र सी चिनफिङबीच डिनर वार्ता जापानमा हुने जी-२० मुलुकको सम्मेलनका क्रममा हुन लागेको साउथ चाइना मर्निङ पोष्ट समाचार पत्रले उल्लेख गरेको छ। जी-२० मुलुकका नेताहरूको बैठक जुन २९ र २९ मा जापानको ओसाकामा हुँदैछ। उक्त बैठकका क्रममा ट्रम्प र सीबीच जारी व्यापार युद्धबारे कुराकानी हुने तयारी भएको हो।

मङ्ल, जेष्ठ २८, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस