गृहमन्त्रीले भने धरपकडको, नैतिक जिम्मेवारी सरकारले लिन्छ।

जेठ २८ काठमान्डौ गृहमन्त्री राम बहादुर थापाले आइतबार माइतीघर मण्डलामा भएको धरपकडको नैतिक जिम्मेवारी सरकारले लिने बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै मन्त्रीले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने नागरिकका अधिकार रक्षा गर्न सरकार प्रतिवद्ध रहेको स्पस्ट पारेका छन्।

सरकारले ल्याएको गुठी विधेयकको विरोधमा आइतबार माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रहरीले पानीको फोहरा हान्नुका साथै धरपकड गरेको थियो। त्यसक्रममा केही घाइते भएका छन्। सांसदले उठाएको प्रश्नको जवाफ दिदैं गृहमन्त्री थापाले प्रर्दशनकारीले सार्वजनिक आवागमनलाई अवरोध गरेकाले प्रहरीले सामान्य बल प्रयोग गरेको बताए।

शान्ति पुर्ण रुपमा विरोध प्रर्दशन गर्न पाइन्छ तर प्रहरीलाई सुरक्षाकर्मीलाई ढुंगा हान्ने ईट्टा हान्ने र उनीहरुको मुखलाई क्षतविक्षत गर्ने अधिकारलाई हामी लोकतान्त्रिक अधिकार त भन्दैनौं। गृहमन्त्री बादलले घटनाको नैतिक जिम्मेवारी लिने बताउदै कमीकमजोरीको छानविन हनुपर्ने बताए।

मङ्ल, जेष्ठ २८, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस