सिके राउतलाई विश्वास गर्ने अवस्था छैन – नेता रावल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सुदूरपश्चिम इञ्चार्ज भीम रावलले सिके राउतलाई विश्वास गर्न नसकिने बताएका छन्। मंगलबार बैतडीमा नेता रावलले सिके राउतले अझै पृथकतावादी समूह नत्यागेकोले उनलाई तत्कालै विश्वास गर्न नहुने स्पस्ट पारे।

सुदूरपश्चिम प्रदेश कृषि तथा पर्यटनमा धनी प्रदेश भए पनि सरकारले सुदूरपश्चिम प्रदेशलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको भन्दै नेता रावलले पश्चिमसेतीलाई अघि बढाउनुपर्नेमा जोड दिए। उनले प्रेसलाई अङ्कुश लगाउन नहुने बताउदै प्रेस राष्ट्रको चौथो अङ्ग भएकाले स्वतन्त्ररूपमा काम गर्न दिनुपर्ने भनाइ राखे।

जनतासामु निर्वाचनका बेला गरेका प्रतिबद्धतालाई बिर्सन नहुने भन्दै उनले पछिल्लो समय सरकार र जनताबीचको सम्बन्धमा फाटो आएको बताए।

मङ्ल, जेष्ठ २८, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस