मन्त्रालयका उपसचिवले नै छोरीलाई जबरजस्ती करणी गरेपछि…

जेठ २८ काठमान्डौ १८ वर्षीया छोरीलाई जबरजस्ती करणी गर्न खोज्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव रामाश्रय यादवलाई पक्राउ गरेको हो।

स्थायी घर महोत्तरी भै हाल ललितपुर धोविघाट बस्दै आएका यादवले १८ वर्षीया छोरीलाई बारम्बार जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ। महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकका अनुसार विदेशतिर छोरीलाई करणी गर्छन नेपालमा पनि गर्दा केही हुँदैन भन्दै उनले छोरीलाई करणी गर्दै आएको अनुसन्धानको क्रममा खुलेको हो।

किशोरीले गत जेठ १९ गते बाबुले आफूलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि यादवलाई घरबाटै सोमबार दिउँसो पक्राउ गरिएको एसएसपी धानुकले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मङ्ल, जेष्ठ २८, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस