विश्वकप यात्रामा भारतलाई लाग्यो धक्का, यसकारण मैदानबाहिर हुने भए धवन

जेठ २८ काठमान्डौ भारतीय क्रिकेट खेलाडी शिखर धवन करिब बिस दिन मैदान बाहिर रहने भएको छ। द टाइम्स अफ इन्डियाका अनुसार भारत र अष्ट्रेलियाबीचको खेलमा हातको बुढी औलामा चोट लागेपछि धवन दुईदेखि तीन सातासम्म मैदान बाहिर रहनेछन। धवनकै उत्कृष्ट ब्याटिङमा भारतले विश्वविजेता अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको थियो।

अस्ट्रेलियन तिब्र गतिका बलर नाथन कुल्टर नाइलले बलिङ गरेको बाउन्सर बलले लागेर उनको देब्रे हातको बुढी औला फ्याक्चर भएको थियो। उत्कृस्ट प्रदर्शन गरेका धवन लामो समयसम्म मैदानबाहिर नै रहने भएपछि भारतीय क्रिकेट टिमलाई झट्का लागेको छ।

मङ्ल, जेष्ठ २८, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस