विज्ञापन रद्द गर्न भनि दिइएको निर्देशनको औचित्य पुष्टि गर्न मन्त्री पण्डितको चुनौती

जेठ २८ काठमाडौं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोक सेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्नुपर्ने कुनै कारण नरहेको दाबी गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले राज्य व्यवस्था तथा सुशासन समितिलाई विज्ञापन रद्द गर्न भनि दिइएको निर्देशनको औचित्य पुष्टि गर्न चुनौती दिएका छन्।

संवैधानिक कानुनी र लोक सेवा आयोग ऐन तथा त्यसको मूल्य र मान्यताको आधारमा विज्ञापन खुलाइएको भन्दै मन्त्री पण्डितले विज्ञापनका सम्बन्धमा संवैधानिक प्रश्न उठेमा त्यसको न्याय निरुपण गर्ने काम सर्वोच्च अदालतले गर्ने बताए।

मङ्ल, जेष्ठ २८, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस