संसदको रोष्ट्रममा नेकपाका संसदको अनौठो बिरोध,गला अवरुद्ध भएपछि सभामुखले भनिन के भयो (भिडियो)

काठमाडौं । सभामुखको भूमिका पाएकी सांसद राधा ज्ञवाली भन्छिन् माननीय सांसद बोल्नुहोस् न बोल्न रोष्ट्रममा उभिएका सांसद भन्छन् सभामुख केही भए पो बोल्नु मंगलबार अपरान्ह प्रतिनिधिसभाको बैठकमा देखिएको दृष्य हो यो ।

सामान्यतया सांसद आफ्ना भनाइ राख्न पोडियममा जान्छन् र आफ्नो भनाइ राख्न सुरु गरिहाल्छन् । तर प्रतिनिधिसाको आजको बैठकमा सत्तारूढ दलका सांसद झपट रावलले बजेटमा कैलाली–२ लाई पछाडि पारिएको र हावाहुरी आएर नागरिक आक्रान्त पर्दा पनि सुतेर बसेको भन्दै मौन विरोध जनाए । झण्डै दुई मिनेट चुपचाप उभिइरहे ।
त्यसपछि घडी हेरेर बोल्न थालेका रावलले शुरूमै आक्रोश पोखे म खाऊँ मै लाऊँ सुखसयल वा मोज म गरूँ म बाँचुँ मै नाचुँ अरू सब मरून् दुर्बलहरू अर्थात् मजस्तै उनको आक्रोश सहरी विकास मन्त्रालयको वार्षिक कार्यक्रमसँग सम्बन्धित थियो । उनले बजेट आउनुपूर्व सहरी विकास मन्त्रालयको ढोका ढक्ढक्याएर पुनर्स्थापित बादी समुदायका लागि बजेट विनियोजन गर्न आग्रह गर्दा पनि उनीहरूको जीवनस्तर सुधार्न कुनै कार्यक्रम समावेश नगरिएको दुखेसो पोखे ।
आज बादी समुदाय रूखको फेदमा बसिरहनुभएको छ । आकाशलाई सिरकका रूपमा धर्तीलाई डस्नाको रूपमा प्रयोग गरिरहनुभएको छ । कैलाली २ मा मुक्त कमैयाको शिविर छ । त्यहाँका मुक्त कमैयाहरू २३ गतेको आँधीले घरबारविहीन भएका छन् । सबै ठाउँमा आँखा पुगेको छ लक्षित ठाउँमा चाहिँ किन आँखा पुगेन उनले प्रश्न गरे ।उनले सरकारको कार्यक्रम मन्त्री नेता केन्द्रित आएको आरोपसमेत लगाए ।

मङ्ल, जेष्ठ २८, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस