संसद बैठक चलिरहेकै बेला काँग्रेस सांसद अश्लिल फिल्म हेरेर बसेपछि…

जेठ २८ काठमान्डौ संसदमा पोर्न फिल्म हेर्दाहेर्दै कांग्रेसका एक सांसद रंगेहात समातिएका छन्। भारतको ओडिशाको विधानसभा बैठकमा कांग्रेसका विधायक नाबा दास पोर्न फिल्म हेर्दाहेर्दै समातिएका हुन्।

भारतीय टेलिभिजन आजतकका अनुसार संसदमा सभासदहरुबीच प्रश्नउत्तर चलिरहेका बेला कांग्रेस विधायक दास आफ्नो स्मार्टफोनमा पोर्न फिल्म हेरिरहेका थिए। झारसुगुड़ा क्षेत्रबाट दोस्रो पटक सांसदमा निर्वा्चित दासले आफूले अञ्जानमा पोर्न भिडियो हेरेको तर जानीजानी नभएको दाबी गरे। उनले यो घटना आफूविरुद्धको षडयन्त्र भएको दाबी गरे।

उनको यस्तो हर्कतको पर्दाफास भएपछि सत्ताधारी दल बिजेपीले उनीविरुद्ध कारवाहीको माग गरेको छ ।बिजेपीकी वरिष्ठ नेता तथा महिला मोर्चा अध्यक्ष प्रमिला मलिकले यो एकदमै शर्मनाक कदम भएको भन्दै तत्काल कारवाही गर्न विधानसभा अध्यक्षसँग माग गरिन्।

यसैगरी कांग्रेसले पनि घटनाको छानविन हुनुपर्ने बताएको छ। कांग्रेसका महासचिव सुलोचना दासले भनेका छन्– यो घटना हुनु निकै लज्जास्पद छ यो छानविन हुनुपर्छ यदि हाम्रा सांसद दोषी पाइए उनीविरुद्ध कारवाही अगाडि बढाउनुपर्छ ।मंगलवार संसदका अध्यक्ष निरञ्जन पुजारीले दासलाई सात दिनका लागि निलम्बित गरेका छन्। उनले घटनाको छानविन प्रस्ताव संसदबाट पारित गराएका छन्।

मङ्ल, जेष्ठ २८, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस