सगरमाथा चड्नेको लर्को, ६ सय ५९ जनाद्वारा सफल आरोहण

जेठ २९ काठमान्डौ विश्वकै अग्लो सगरमाथामा ६ सय ५९ जना आरोहीले सफल आरोहण गरेका छन्। यस सिजनमा ५ सय ९४ पुरुष र ६५ जना महिलाले सफल आरोहण गरेको पर्यटन विभागले जानकारी दिएको छ।

विभागका अनुसार अनुमति लिएका ३ सय ८१ आरोहीमध्ये २ सय ८१ जनाले मात्रै सफल आरोहण गरेका छन्। त्यस्तै आरोहीसँगै गाइड भरिया गरी ३ सय ७८ सहयोगीले आरोहण सफल गरेका छन्।

बुध, जेष्ठ २९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस