मिडिया काउन्सिल बिधेयक र गुठी सम्बन्धी विधेयक परिमार्जन हुन्छ : दाहाल

जेठ २९ काठमाडाैं पुर्वप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मिडिया काउन्सिल विधेयक र गुठी विधेयक परिमार्जन हुने बताएका छन्। भरतपुर विमानस्थलमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्व प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।

दाहालले विधेयक ल्याउँदा तयारी राम्रो नपुगेकोभन्दै मिडिया काउन्सिल विधेयक र गुठी विधेयक दुबैलाई परिमार्जन गर्ने बताएका हुन्। विधेयक ल्याउन सरकारले नजानेको हो वा जनताले नबुझेको हो भन्ने पत्रकारहरुको प्रश्नमा जवाफ दिँदै दाहालले भने जत्ति गृहकार्य भएर चीजहरु आउनुपर्ने थियो त्यसमा केही कमी रहेको देखियो। सरकार र पार्टी यसमा सतर्क भएको छ र आउने दिनमा पर्याप्त गृहकार्य गरेर सहमति गरेरै विधेयक ल्याउने तर्फ लाग्ने छौं।

बुध, जेष्ठ २९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस