शिखर धवनको स्थानमा रिषभ पन्तले पाए विश्वकप खेल्ने मौका

जेठ २९ काठमाडाैं विश्वकप क्रिकेट २०१९ को भारतीय टोलीमा रिषभ पन्तले स्थान पाउने भएका छन्। ब्याट्सम्यान शिखर धवन चोटग्रस्त भएपछि उनको स्थानमा पन्त टिममा परेका हुन्।

औँलामा चोटका कारण अस्ट्रेलियाविरुद्धको खेलमा सतक जोडेका भारतीय ओपनर शिखर धवन तीन साता क्रिकेट खेल्न नसक्ने भएका छन्। पहिलो चरणअन्तर्गत भारतले जुलाई २ मा बंगलादेशसँग अन्तिम खेल खेल्दैछ। यस्तोमा भारत अघिल्लो चरणमा बढे र चोट निको भएमात्र उनी विश्वकपमा फर्किन पाउने छन्।

यसअघि नै १५ सदस्यीय भारतीय टोलीमा रिषभ पन्त नपरेकोमा भारतीय टिमका चयनकर्ताको आलोचना भएको थियो।

बुध, जेष्ठ २९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस