माइतीघरबाट प्रचण्ड शेरबहादुर र केपी ओलीलाई रबिन्द्रको प्रश्न – यो देश तपाईंहरुको बिर्ता हो र जे मन लाग्यो त्यहि गर्ने ?(भिडियो)

जेठ २९ काठमाडाैं विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले संसदीय समितिले बिज्ञापन रद्द गर्न भनि दिएको निर्देशन नमान्न लोकसेवा आयोगको ध्यानाकर्षण गराएका छन्। बुधबार संसदीय समितिले दिएको निर्देशन फिर्ता लिन दवाव दिँदै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका युवा विद्यार्थीहरुलाई सम्बोधन गर्दै संयोजक मिश्रले लोकसेवा आयोगलाई राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशन नमान्न दवाव दिन आह्वान गरे।

यो देश कसैको विर्ता होइन तपाईंहरुले आज आफ्ना लागि आवाज उठाए जस्तै अरु बेला पनि उठाउन सक्नुपर्छ उनले भने तपाईं जे लाई घर भन्नु हुन्छ त्यो झुपडी हो। त्यो झुपडीबाट आउनुभएको छ। तपाईंहरु अघि बढ्नुस् हामी होस्टेमा हैँसे गरौँला। तर हरेक राष्ट्रिय महत्वको मुद्दामा बोल्नुपर्छ।संयोजक मिश्रले राज्यले लोकसेवा आयोगमासमेत राजनीतिक हस्तक्षेप गरेर युवा/विद्यार्थीहरुमाथि मानवताविरुद्धको अपराध गरिरहेको आरोप लगाए।

बुध, जेष्ठ २९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस