विश्वबिजेता अष्ट्रेलियाबिरुद्ध टस जितेर बलिङ्ग गर्दै पाकिस्तान

जेठ २९ काठमाडाैं एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधवार पाकिस्तानले साविक विजेता अष्ट्रेलिया संग प्रतिस्पर्धा गर्दै छ। टाउनटन खेलमैदानमा टस जितेर पाकिस्तानले पहिला फिल्डिङ गर्ने निर्णय लिएसँगै अष्ट्रेलियाले ब्याटिङको निम्तो पाएको हो।

अष्ट्रेलियाले आज दुई खेलाडी परिवर्तन गरेको छ। घाईते मार्कस स्टोइनिसको स्थानमा शन मार्श र स्पिनर एडम जम्पाको स्थानमा केन रिचड्सनलाई मौका दिएको छ भने पाकिस्तानले एक खेलाडी परिवर्तन गर्दै सादव खानको स्थानमा युवा तीब्र गतिका बलर शाहिन शाह अफ्रिदीलाई मैदान उतारेको छ।

बुध, जेष्ठ २९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस