जागरण अभियानमा जाग्यो काँग्रेस, ३१ हजार जनाले गरे पार्टी प्रवेश

जेठ ३० काठमाडौं जागरण अभियानको पहिलो चरणले पार्टीप्रति आकर्षण र सरकारप्रति विकर्षण बढेको नेपाली कांग्रेसले निष्कर्ष निकालेको छ। बिहीबार सानेपा पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ३१ हजार ६४२ जना कांग्रेस पार्टीमा प्रवेश गरेको बताए। यसरी प्रवेश गर्नेमा अधिकांश सत्तारुढ नेकपाका कार्यकर्ता रहेको पत्रकार सम्मेलनमा शर्माले बताए।

पार्टी प्रवेश गर्नेमा बहुसंख्यक सत्तारुढ नेकपाका नेता-कार्यकर्ता रहेकाे बताउदै उनीहरुलाई प्रशिक्षण दिएर उचित जिम्मेवारी दिने प्रवक्त्ता शर्माले जानकारी दिए। दोस्रो चरणको अभियान सुरु गर्दा पार्टीको आन्तरिम संरचना निर्माण गर्नुका साथै नेविसंघ तरुण दललगायतका भ्रातृ संगठन गठन गरिने बताइएको छ।

बिहि, असार १, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस