सुनसान रातमा धनुषाधाम नगरपालिकामा पड्कियो बम

जेठ ३० काठमाडौं धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाको कार्यालयलाई लक्षित गरी प्रेसरकुकर बम विस्फोट भएको छ। नगरपालिकाको सभाहलको पर्खालमा बमले क्षति पुर्याएको छ।

बम कसले किन पड्कायो त्यो यकिन हुन न सके पनि विप्लव समुहले विस्फोट गराएको हुन सक्ने प्रहरि निरीक्षक हिरण यादवले बताए। यादवका अनुसार बम विस्फोटमा कुनै किसिमको मानवीय क्षति नभएको र अहिले अवस्था विल्कुल समान्य रहेको छ।

राति साढे ९ बजेको समयमा बिस्फोट भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ। घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

बिहि, असार १, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस