संसदमा शिक्षामन्त्री पोख्रेल र खानेपानी मन्त्री बिना मगरमाथि खनिए गगन थापा, खोई ४० लाख बिद्यार्थी (भिडियो)

जेठ ३० काठमाडौं प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले २ वर्षको बीचमा उच्च माध्यमिक तहमा मात्र १० लाख ४४ हजार विद्यार्थी हराएको बताएका छन्। आज प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले यस्तो बताएका हुन्।बैठकमा बोल्दै सांसद थापाले भने ०६४ सालमा १ कक्षामा १३ लाख विद्यार्थी भर्ना भएकोमा अहिले ०७६ सालमा १२ कक्षाको परीक्षा दिँदै गर्दा २ लाख ९० हजार मात्र बाँकी रहे। १० लाख ४४ हजार विद्यार्थी हराए। विद्यालयमा नटिक्ने विद्यार्थीहरु कसका छोराछोरी हुन्  तपाईंहाम्रा पक्कै होइनन् ।

जो विद्यालयमा टिकेका छन् उनीहरुले कति सिके भनेर हेर्यौ भने सरकार भन्छ–कुनै पनि विद्यार्थीले कुनै पनि विषयमा ५० प्रतिशतभन्दा बढी सिकेन।३६ हजारभन्दा बढी प्रारम्भिक बाल विकास केन्द्र देशमा रहेकोमा योग्य शिक्षकले नभई ८ कक्षा उत्तीर्ण गरेकाहरुले ६ हजारभन्दा कम तलबमा पढाइरहेको थापाले बताए। संबिधानले नगर भनेको काम गर्नु राष्ट्रिय लज्जाको विषय भएको बताए।

बिहि, असार १, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस