विश्वकप क्रिकेट: आयोजक इंग्ल्यान्डविरुद्ध वेष्ट इन्डिज

जेठ ३१ काठमाडौं विश्वकप क्रिकेटमा आज वेष्ट इन्डिजले आयोजक इंग्ल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा इंग्ल्यान्ड र वेष्ट इन्डिजबीच प्रतिस्पर्धा हुन लागेको हो।

जित गरेको वेष्ट इन्डिजले दोस्रो खेलमा भने अष्ट्रेलियासँग १५ रनले हारेको थियो। यता इंग्ल्यान्डले दक्षिण अफ्रिका र बंगलादेशमाथि जित निकाल्दा पाकिस्तानसँग भने पराजित भएको थियो।

इंग्ल्याण्ड आफ्नो तेश्रो जित निकाल्ने प्रयासमा छ भने आफ्नो तेश्रो खेलमा दक्षिण अफ्रिकासंग पानीका कारण रद्द भएपछी अङ्क बाँडेको वेष्ट इन्डिज पनि जितको खोजीमा हुनेछ। खेल साउथह्याम्टन मा हुनेछ।

शुक्र, असार २, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस