पप्पुको दादागिरीबिरुद्ध विकास तथा प्रविधि समितिले लियो यस्तो एक्शन

जेठ ३१ काठमाडौं काठमाडौंको तीनकुनेस्थित वाग्मती नदीमा निर्माणाधीन पुलको जिम्मा पाएको पप्पु कन्ट्रक्सनलाई करवाही गर्न प्रतिनिधसभाको विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ। समितिले प्रतिवेदनको निष्कर्षमा पप्पु कन्स्ट्रक्सनमाथि कारबाही गर्न निर्देशन दिएको हो।

जेठ २ गते समिती सभापति कल्याणी कुमारी खड्काको नेतृत्वको टोलीले पुलको स्थलगत अवलोकन गरेको र त्यहाँ उपस्थित सर्वसाधारण पत्रकारहरु पुल महाशाखाका पदाधिकारीहरु उपत्यका सडक विस्तार आयोजना प्रमुखसँग त्यहाँको समस्याका बारेमा जानकारी लिएको थियो।

काम रोक्न भनि दिइएको निर्देशनलाई वास्ता नगरी निर्माण कार्य बढाइरहेका निर्माण व्यवसायीलाई कारवाही गर्नुपर्ने समितीले निष्कर्ष निकालेको हो। निर्माणधीन पुलको ३ वटा पाइल्समा गम्भीर त्रुटी देखिएको र पाइल्सको समस्या समाधान गरेर मात्र काम अगाडि बढाउन निर्देशन दिइएको तर व्यवसायीले अटेर गरी पुलको सवस्ट्रक्चर निर्माण गरी स्ल्याब ढलानको तयारी गरेको निस्कर्ष समितीको छ।

समाधानका लागि सडक विस्तार आयोजनाले तत्काल इञ्जिनियरिङ अध्ययन संस्थानसँग समन्वय गरी परिमार्जित डिजाइन प्राप्त गरी सोही अनुसार निर्माणको काम अघि बढाउने व्यवस्था मिलाउनुपर्ने निर्देशन दिएको छ।

त्यसैगरी समितीले काम अघि नबढाउन निर्देशन दिँदा दिदै पनि अटेर गरि निर्माण अघि बढाउने निर्माण व्यवसायीलाई कारवाही गर्नुपर्ने निर्माण कार्यको प्रकृति हेरेर बिभिन्न सिफट्हरुमा विभाजन गरि अघि बढेका कार्यहरुको अनुगमन तथा निरिक्षणका लागि जुनसुकै समयमा कार्यक्षेत्रमा आयोजना सम्वद्ध पदाधिकारीहरु उपस्थित हुनुपर्ने र निर्माण कार्यको गुणस्तर कायम गर्न आयोजना सम्वद्ध पदाधिकारीहरुले आवश्यकता अनुसार पटक पटक प्राविधिक परिक्षणसहित गुणस्तर कायम हुने आधार सुनिश्चित गर्नुपन निर्देशन दिएको छ।

उक्त पुल अरनिको राजमार्गको तीनकुनेस्थित बाग्मती नदीको बायाँतर्फ निर्माण भइरहेको छ। पुलको लम्बाइ ८६ मिटर र चौडाइ १७.२० मिटर रहेको छ। पुलको २९.५ मिटर लम्बाइका १६ वटा १२ सय एमएमका पाइल्स निर्माण गर्र्ने डिजाइन स्वीकृत भए पनि पप्पुले एउटा पाइल १६.५ मिटरको मात्र निर्माण गरेको र दुईवटा पाइल्स क्र्याक भएको प्राविधिक परीक्षणबाट देखिएको समितिले जनाएको छ।

शुक्र, असार २, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस