रुपन्देहीमा पेस्तोल र गोलीसहित तीनजना प्रहरी फन्दामा

जेठ ३१ काठमान्डौ रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा पेस्तोल र गोलीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। सैनामैना नगरपालिका वडा नम्बर ५ बुद्धनगरबाट कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो।

पक्राउ पर्नेमा वर्ष २० का सुरज दर्जी वर्ष २० का अर्जुन मुसहर र वर्ष २२ का मनिष परियार छन्। पक्राउ पर्नेमध्येका सुरज दर्जी र मानिष परियार यसअघि पनि चोरी र लागुऔषध कारोबारमा बारम्बार पक्राउ परिसकेको प्रहरीले जनाएको छ। थप अनुसन्धानका लागि उनीहरुलाई इलाका प्रहरी कार्यालयमा राखिएको बताइएको छ।

शुक्र, असार २, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस