अमेरिकी नागरिक ५ केजी चरेससहित त्रिभुवन विमानस्थलबाट पक्राउ

जेठ ३१ काठमान्डौ त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलबाट बैंकक उड्न लागेका एक अमेरिकी नागरिक लागूऔषधसहित पक्राउ परेका छन्।
नेपाल एयरलाइन्सको उडान नं.४०२ बाट बैंकक उड्न लागेका ४ केजी ८ सय ग्राम प्रतिबन्धित लागूऔषध चरेससहित अमेरिकी नागरिक विलियम हेरोन क्यामरोन पक्राउ परेका हुन्।

लगेज चेक इन गर्ने क्रममा एक्सरे मेसिनमा शंकास्पद वस्तु देखिएपछि भन्सार कर्मचारीले लगेज प्रहरीको जिम्मा लगाएका थिए। प्रहरीले अनुसन्धान गर्दा चरेस भेटिएको हो।। जाँचका क्रममा करिब ५ केजी लागू औसद चरेस बरामद भएको बताएको छ।

शुक्र, असार २, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस