शौच गर्न निस्केकी किशोरीमाथि बलात्कार गर्ने दुइजना पक्राउ

३१ जेठ काठमान्डौ शौच गर्न लागेकी किशोरीलाई नियन्त्रणमा लिई बलात्कार गरेको अभियोगमा सप्तरीमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरी जिल्लाको तिरहुत गाउँपालिका ४ का ३० वर्षीय मोहम्मद इद्रिस र १५ वर्षीय एक किशोर रहेका छन्।

पीडित किशोरीकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिएपछि प्रहरीले आरोपीलाई पक्राउ गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राले जानकारी दिनुभयो।

शुक्र, असार २, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस