अटोले लियो वडा सचिवको ज्यान

३१ जेठ काठमान्डौ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं २ का सचिव नारायणदेव गिरीको सडक दुर्घटनामा परि मृत्यु भएको छ। वीरेन्द्रनगरको एरीचोकमा अटोले ठक्कर दिँदा सचिव गिरीको मृत्यु भएको हो।

भे १ ह ३८७४ नम्बरको अटोले भे ७ प १८३४ नम्बरको गिरीको मोटरसाइकललाई दिएको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ पुर्‍याए लगत्तै बिहीबार राती मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। अटो चालक दीपकबहादुर साउदलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

शुक्र, असार २, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस