ज्योतिष अर्जुन थापा क्षत्री रिहा

३१ जेठ काठमाडौं निकट भबिस्यमा देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ज्योतिष अर्जुन थापा क्षत्री रिहा भएका छन्। जिल्ला अदालत काडमाडौँले शुक्रबार क्षत्रीलाई तारेखमा रिहा गरेको हो।

जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएको गत जेठ २१ गते गौशालाबाट महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेको थियो ।

शुक्र, असार २, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस