पत्थरी निकाल्दा आन्द्रा काटेपछि तनाबग्रस्त बन्यो ओम अस्पताल, आफन्त र प्रहरी बीच झडप (भिडियो)

काठमाडाैं ३१ जेठ अप्रेसनका क्रममा काटिएको आन्द्रा त्यत्तिकै छाडेर बाहिर छाला मात्रै जोड्दा संक्रमण भएर ज्यान गएपछि ओम अस्पताल यति तनाबग्रस्त बनेको छ। शुक्रबार बिरामीका आफन्तले अस्पताल परिसरमा डाक्टरलाई कारबाहीको माग गर्दै आन्दोलन गर्दा केहिबेर प्रहरी र आफन्तबीच झडप समेतभएको छ । ओम अस्पतालमा पित्तथैलीको पत्थरी निकाल्ने क्रममा सानो आन्द्रा काटिएपछि बिरामीको मृत्यु भएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की ५० वर्षीया रामप्यारी थापामगरको बिहीबार बिहान मृत्यु भएको हो ।

मगरको गत शुक्रबार शल्यक्रिया गरिएको थियो । डा. रविन कोइरालाको टिमले पत्थरी निकाल्ने क्रममा काटिएको आन्द्रा नजोड्दा शरीरमा संक्रमण फैलिएर मृत्यु भएको आफन्तको आरोप छ ।यसअघि पनि सामान्य उपचारका क्रममा बिरामीको ज्यान गएपछि यस्ता गल्तीका कारण अस्पताल पटक–पटक विवादमा आउने गरेको छ ।
ओम अस्पतालमा सामान्य उपचारका क्रममा बिरामीको मृत्यु भएका विगतका घटनाबारे म जानकार थिएँ । तर, दिदीको भर्ना गरेपछि मात्रै यहाँ ल्याएको बारे मलाई जानकारी भयो ।

त्यसैले अन्य अस्पताल लैजाने पहल गर्न सकिनँ । गत बिहीबार उहाँको स्वास्थ्य परीक्षण गर्दा पित्तथैलीमा सानो ढुंगा देखियो । डा. रविन कोइरालाको टिमले शुक्रबार अप्रेसन ग-यो । अप्रेसनका क्रममा सानो आन्द्रा काटिएको रहेछ, तर आफन्तलाई जानकारी नै गराएनन् ।
शनिबार स्वास्थ्य गम्भीर बन्दै गएपछि चिकित्सकले पुनः खोलेर भित्र हेरे । त्यसपछि मात्रै बिरामीको डेढ मिटर आन्द्रा काटिएको जानकारी दिए । दिदीलाई आइसियूमा राखे । आइतबार फेरि शल्यक्रिया गरे ।एकैचोटि बिहीबार बिहान ७ बजे मृत्युको जानकारी गराए । आन्द्रा काटिएका कारण दिशाबाट शरीरभर संक्रमण फैलिएर ज्यान गएको रहेछ । यति ठूलो गल्ती गर्दा पनि अस्पताल र चिकित्सक दोष स्विकार्न तयार छैनन् ।

शुक्र, असार २, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस