३ किलो अफिमसहित एक युवक प्रहरी नियन्त्रणमा

जेठ ३१ काठमान्डौ शनिबार १ युवकलाई ३ किलो ८ सय ५०ग्राम अवैध लागुऔषध अफिम सहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुकुमपश्चिम आठबिसकोट नगरपालिका वडा नम्बार १ बस्ने ३५ वर्षीय मनबहादुर बुढा रहेका छन्। उनलाई प्रहरीले रुकुमपश्चिम आठबिसकोट नगरपालिका वडा नम्बर १४ छेपारेबाट पक्राउ गरेको हो।

खैरो रङ्गको झोलामा शंकास्पद वस्तु बोकेर हिँडिरहेको बेला सोधपुछ गर्दा अफिम फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए। ५ जनाको समूहमा रहेका उनीहरुले प्रहरीमाथि आक्रमण गरेर भाग्न खोज्दा नियन्त्रणमा लिन १ राउण्ड हवाइ फायरसमेत गर्नुपरेको डीएसपी खड्काले बताए।


Warning: date_format() expects parameter 1 to be DateTimeInterface, boolean given in /srv/users/serverpilot/apps/sunaulonepal/public/wp-content/plugins/nepali-date-converter/inc/frameworks/nepali-calendar/nepali_calendar.php on line 548
मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस