आमनेसामने हुदै भारत र पाकिस्तान, कसले मार्ला बाजी ?

असार १ काठमाडौं विश्वकप क्रिकेटमा आज आइतबार चिपरिचित प्रतिद्वन्दीहरू पाकिस्तान र भारत भिड्दैछन्। नेपाली समयअनुसार सवा तिन बजे साउथह्याम्पटनमा हुने खेलमा कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ।

जारी विश्वकपमा उत्कृष्ट लयमा देखिएको भारत पाकिस्तानलाई सोही लयमा पराजित गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ भने पाकिस्तान भारतलाई यस विश्वकपको पहिलो हार चखाउने उदेश्यका साथ मैदानमा उत्रनेछ। ३ खेलेको भारतले २ मा जित हासिल गरेको छ भने वर्षाका कारण खेल प्रभावित भएका कारण एक खेलमा अंक बाँडेको छ। यस्तै आयोजक इङ्ल्याण्डलाई हराएर आफू पनि कम नभएको जनाइसकेको पाकिस्तानले ४ खेल खेलिसक्दा २ मा हार तथा एकमा अंक बाँडेको छ। विश्वकपमा कुल ६ पटक भिडेकोमा ६ नै पटक पाकिस्तान भारतसंग पराजित भएको छ।

आइत, असार १, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस