भारतलाई बिजुली बेच्न कुलमानको कमाल, पौष भित्रै सकिने भयो ढल्केबर स्टेसनको काम

सार १ काठमाडौं नेपाल भारत विद्युत व्यापार र देशको प्रसारण प्रणालीलाई सुधार गर्ने उदेश्यका साथ निर्माण भैरहेको ४ सय केभी सब-स्टेशन आउँदो पुसभित्र सम्पन्न हुने भएको छ। ४००-२२० केभीको सबस्टेशन सञ्चालनमा आएपछि नेपाल र भारतबीच नौ सय मेगावाट विद्युत आयात–निर्यातका लागि पूर्वाधार तयार हुने विश्वास गरिएको छ।
ढल्केबरमा ४००-२२० केभी सबस्टेशनको निर्माण सकिएपछि ठूलो क्षमताका प्रसारण लाइनमार्फत नेपाल र भारतबीच विद्युत् आदानप्रदान गर्न सकिनेछ। ४५६ मेगावाटको माथिल्लो तामाकोसीको निर्माण सम्पन्न भएपछि नेपालमा वर्षायाममा विद्युत बढी हुन गएको खण्डमा भारत निर्यात गर्नका साथै दुई देशबीच इनर्जी बैकिङ गर्नसमेत बाटो खुल्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंगले बताए। घिसिङले यो सबस्टेशन सरकारको उच्च प्राथमिकताको आयोजना भएकाले कुनै पनि बहानामा निर्माणमा ढिलाइ गर्न नहुने बताए।

सबस्टेशनको इन्जिनियरिङको ९५ प्रतिशत उपकरणको उत्पादन तथा आपूर्तिको ६० प्रतिशत र जडान तथा सिभिल कार्यको ४० प्रतिशत काम पुरा भएको छ। निर्माणको ठेक्का पाएको भारतीय कम्पनी एबीबीले ठेक्का सम्झौतामा निर्धारित समय भित्र सबस्टेशनकाे काम सकेर चार्ज गर्ने बताएको छ।

आइत, असार १, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस