पाकिस्तान विरुद्ध रोहितको सानदार सतक, बलियो स्थितिमा भारत

असार १ काठमाडौं विश्वकप क्रिकेटमा आज आइतबार चिपरिचित प्रतिद्वन्दीहरू पाकिस्तान र भारतबीच खेल जारि छ। ओपनिङ्ग ब्याटिंगका लागि मैदान प्रवेश गरेका रोहित शर्माले सतक प्रहार गरेका छन्।

जारी विश्वकपमा उत्कृष्ट लयमा देखिएको भारतले आजपनि पाकिस्तानबिरुद्ध उत्कृस्ट प्रदर्शन गरेको छ। ओपनिङ्ग ब्याटिंगका लागि मैदान प्रवेश गरेका रोहित शर्माले सतक प्रहार गरेका हुन्। अर्का ओपनर के एल राहुल व्यक्तिगत ५७ रन बनाउदै आउट भएका छन। अहिले ब्याटिंगमा कप्तान बिराट कोहली र रोहित शर्मा छन्। रोहित १०६ र कोहली २२ मा ब्याटिंग गरिरहेका छन्। भारत १ विकेटको क्षतिमा १९१ रनको बलियो स्तिथिमा छ।

टस जितेर पाकिस्तानले भारतलाई ब्याटिंगको निम्तो दिएको थियो।

आइत, असार १, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस