संसदमा ओली र देउवाको जुँगाको लडाईले जे भयो, हेर्नुस भिडियोमा

काठमाडौँ प्रधानमन्त्रीले पहिले सम्बोधन गर्ने कि प्रमुख विपक्षी दलका नेताले बोल्ने भन्ने बारे विवाद हुँदा प्रतिनिधिसभाको बैठक सुरु हुन ढिलाइ भएको थियो । ढिलो गरी सुरु भएको संसद बैठकमा सभामुखले प्रधानमन्त्रीलाई समय दिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले संसद बैठक सुरु भए लगत्तै रोस्टम घेराउ गरेर बिरोध गरेका थिए ।

त्यसपछि उनी फर्किए।सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसदहरूलाइ बारम्बार आफ्नो सिटमा बस्न आग्रह गरेका थिए।सभामुखको रूलिंग बाबजुद प्रमुख प्रतिपक्षी सांसदहरूले नारा लगाउन नछोडेपछि सभामुख महराले बुधबार बिहान ११ बजे बस्नेगरी प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन्।

यस अघिकार्यव्यवस्था समितिको बैठकमा को पहिला बोल्ने भन्न्रे विषयमा सत्तापक्ष–प्रतिपक्षबीच वार्ता भएको थियो। दुवैबीच कुनै सहमति हुन नसकेपछि संसदको बैठक सुरु त भयो, तर कांग्रेसका सांसदहरुले नारावाजीका साथ सदन अवरुद्ध सुरु गरे।

संसद बैठकमा प्रधानमन्त्री या प्रमुख विपक्षी दलको नेताले पहिले बोल्ने भन्ने बारे विवाद भइरहेका बेला सभामुख कृष्णबहादुर महराले बैठक सुरु गरे । उनले सुरुमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न दिएपछि विपक्षी कांग्रेसका सांसदले रोस्टम घेराउ गरेका हुन् । उनीहरुले संसदको मर्यादा कायम गर्नु पर्ने तथा अभिव्यक्ति स्वतन्त्रता कायम गर्नु पर्ने मागसहितका नारा लगाए ।सत्ता पक्षका सांसदले टेबुल ठटाए । विरोध जारी रहेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

मङ्ल, असार ३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस