टी-२० विश्वकप एसिया फाइनल खेल्ने प्रारम्भिक टोलीको घोषणा, हेर्नुस को को परे (नामावली सहित) !

काठमाडौं सिंगापुरमा हुने आईसीसी विश्वकप छनोटको लागि नेपालले २५ सदस्य प्राम्भिक टोली घोषणा गरेको छ ।यूएईमा ओडीआई र टि-२० सिरिज जितेपछि नेपाली टोलीजुलाई चौथो साता सिंगापुरमा हुने प्रतियोगिताका लागि टोलीको घोषणा भएको हो । नेपाली टोलीले बिहीबारदेखि प्रशिक्षण थाल्नेछ । तीव्र गतिका बलर नन्दन यादव पहिलो पटक बन्द प्रशिक्षणमा परेका हुन् । नन्दनले पछिल्लो समय घरेलु क्रिकेटमा राम्रो प्रर्दशन गर्दै आएका छन् ।

टोलीमा खड्कासँगै ज्ञानेन्द्र मल्ल बसन्त रेग्मी विनोद भण्डारी दिपेन्द्र सिंह ऐरी करण केसी, तलित नारायण राजवंशी, आरिफ शेख प्रदिप ऐरी रोहितकुमार पौडेल सन्दीप लामिछाने शरद भेषावकर सोमपाल कामी जितेन्द्र मुखिया सन्दीप जोरा सुशास भारी कुशल भुर्तेल भीम सार्की अविनास बोहोरा अमित श्रेष्ठ नन्दन यादव पवन शर्राफ राजु

दुई साता अघि प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका विकेटकिपर राजु रिजाल,जितेन्द्र मुखियाअमित श्रेष्ठ कुशल भुर्तेलललित भण्डारीले भने पुनरागमन गरेका हुन् । भुर्तेल ठूला शटका लागि माहिर छन् भने अमित श्रेष्ठले घरेलु क्रिकेटमा ओपनिङ ब्याटिङ गर्दै निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । सन् २०१४ को टी ट्वान्टी विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेका जितेन्द्र मुखिया चोटका कारण टोली बाहिर थिए ।
विदेश भ्रमणपछि अन्तिम टोलीको घोषण गरिने व्यवस्थापक रमन शिवाकोटी जानकारी दिए । यद्यपी विदेश भ्रमण भने टुङ्गो लाग्न बाँकी छ ।आईसीसी विश्वकप टी ट्वान्टी एसिया छनोट आगमी जुलाई २०-२८ सम्म सिंगापुरमा हुने । प्रतियोगितामा नेपाल सहित सिंगापुर कुवेत मलेसिया र कतार रहेका छन् । प्रतियोगिताको विजेताले ग्लोबल छनोट खेल्न पाउने छ ।

मङ्ल, असार ३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस