काँग्रेसले बोल्न नदिएपछि प्रधानमन्त्रीले रोष्ट्रममै लगाएको यो घोसेमुन्टो (भिडियो)

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोल्न नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रतिनिधिसभाको रोष्ट्रममा घोसेमुन्टो लगाए।प्रधानमन्त्री ओली सार्वजनिक महत्वको विषयमा वक्तव्य दिन रोष्ट्रममा पुगेका थिए। तर कांग्रेस सांसदहरूले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरे।

रोष्ट्रममा पुगेका ओलीले सुरूमा नाराबाजी हेर्दै बसिरहे। तर केहीबेरपछि भने उनले दिक्क मान्दै घोसेमुन्टो लगाए।बैठक सुरु हुनुअघि प्रधानमन्त्रीभन्दा पहिले प्रतिपक्षी दलको नेताले बोल्न पाउनुपर्ने माग कांग्रेसको थियो। यसका कारण ११ बजे बोलाइएको बैठक सुरु हुँदा झन्डै १२ बजेको थियो।

सभामुख कृष्णबहादुर महराले बैठक सुरु गरे। तर बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठे।सभामुखले प्रधानमन्त्रीलाई सुरुमै बोल्न समय दिएपछि प्रधानमन्त्री रोस्टमतिर गए। तर कांग्रेस सांसदहरु उठेर रोस्टम घेराउ गर्न पुगे। रोस्टममा पुगेका प्रधानमन्त्री टुलुटुलु यो दृश्य हेरिरहेका थिए। घरी दायाँबायाँ आँखा तन्काएर हेर्थे घरी थाकेझैं देखिन्थे।

मङ्ल, असार ३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस