२७ बर्षिया युवती अस्पतालमा झुन्डिएको अवस्थामा फेला परेपछि तनाबग्रस्त बन्यो समता अस्पताल (भिडियो) !

काठमाडौं बौद्धस्थित समता अस्पतालमा तोडफोड भएको छ। अस्पतालमा क्लिनरको रुपमा कार्यरत २७ वर्षीया विमला तामाङ अस्पतालमै झुन्डिएको अवस्थामा मृत फेला परेपछि आक्रोशित आफन्तले अस्पताल परिसरमा तोडफोड गरेका हुन्।तामाङ दुई महिनादेखि समता अस्पतालमा क्लिनरको रुपमा काम गर्दै आएकी थिइन्।

मृतकका आफन्तले अस्पताल प्रशासन नै हत्यामा संलग्न रहेको आरोप लगाएका छन् । उनीहरुले यो आत्माहत्या नभई नियोजित हत्या भएको बताएका छन्। मृतकका आफन्तले अस्पतालमा तोडफोड गर्न थालेपछि प्रशासन र अस्पताल छिर्ने गेट बन्द गरिएको छ।

घटनाको बारेमा अस्पताल प्रशासन मौन रहेको छ। सिसी क्यामराको फुटेज पनि घटना हुनुभन्दा ३ घन्टा अगाडिकै भएको अस्पतालकै एक कर्मचारीले बताए।अहिले अस्पताल प्रशासन र मृतक तामाङका आफन्तबीच छलफल भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले बताए।आफन्तले नाराबाजी गरेपछि अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ।

मङ्ल, असार ३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस