मितेरी समाज युएईले भब्य कार्यक्रम आयोजना गर्दै

सुनौलो नेपाल – मितेरी समाज युएईको मुख्य आयोजनामा “तीज सांस्कृतिक धमाका २०१९” भब्य रुपमा मनाईने भएको छ।

युएईको अलऐनमा अन्य क्रियाशील विभिन्न संघसस्थाहरुको समेत सहयोग र सहभागीतामा नेपालको राष्ट्रिय कलाकार चर्चित लोक दोहरी गायक श्री राजु ढकाल र चर्चित लोक दोहरी गायिका सम्झना लामिछाने मगर र अन्य स्थानीय कलाकारको उपस्थितिमा यहि ३० अगस्त २०१९, शुक्रवारका दिन सो कार्यक्रम गरीने भएको हो।

अल ऐनको दवर जवलमा रहेको लयाली अल बनफ्साज होस्पिटालिटीमा दिनको १ बजेबाट कार्यक्रम सुरु हुने आयोजक मितेरी समाजले जनाएको छ।


कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्न युएईमा बस्ने सम्पूर्ण नेपालीहरुलाई मितेरी समाजले निमन्त्रणा समेत गरेको छ ।

मङ्ल, असार ३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस