प्रधानमन्त्रीको निर्देशनपछि फुक्यो रेशम चौधरीको खुट्टाको नेल !

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको आग्रहसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशनको कारण टीकारपुर हत्याकाण्डको अभियोगमा जेल जीवन बिताइरहेका सांसद रेशम चौधरीलाई लगाइएको १४ किलोको नेल (साङ्लो) हटाइएको छ। शुक्रबार राति चौधरीलाई भेटेपछि साङलो हटाउनका लागि बाबुराम भट्टराईले आग्रह गरेको केही समयमै साङ्लो हटाइएको चौधरीका भाइ मिठुलाल चौधरीले बताए।

हिजो राति पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आउनुभएको थियो, उहाँलाई हामीले अमानवीय व्यवहार भएको बतायौँ उहाँले पनि चासो दिनुभयो म प्रधानमन्त्रीसँग भन्छु साङ्लो खोलिदिनुस् भन्नुभएको थियो’ चौधरीले भने त्यसपछि रातिबाटै साङ्लो हटायो।

शनि, असार ७, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस