रक्षक नै भक्षक, प्रहरी प्रमुखबाटै महिलामाथि यौनहिंसा

असार ९ काठमाडौँ ओखलढुंगामा प्रहरीले नै एक महिलालाई यौन दुर्व्यबहार गरेका छन। प्रहरी चौकी श्रीचौरका प्रमुख समेत रहेका प्रहरी सहायक निरीक्षक परशुराम विश्वकर्माले एक महिलालाई यौन दुर्व्यबहार गरेको भन्दै स्थानीयले आइतबार राति प्रहरी चौकी घेराउ गरेका छन्।

स्थानीय एक होटलमा अत्याधिक मदिरा सेवन गरेर असई विश्वकर्माले आफुलाई यौन दुव्र्यवहार गरेको भन्दै महिला चिच्याएपछि स्थानीय आक्रोशित भएका थिए। पिडित महिलाले प्रहरीले संवेदनशिल अंगमा समातेर यौन सम्पर्कका लागि जबरजस्ती प्रस्ताव गरेको बताएकी छन्। उनले आफु खाएर बसेको ठाँउमा पुलिस आएर जबरजस्ती गरेपछि २ झापट हानेर चिच्याउँदै गुहार मागेपछि उ भागेको बताइन।

रक्षक नै भक्षक भएपछि दोषीलाई कारबाहीको माग गर्दै चौकी घेराउ गरिएको स्थानीयले बताए। सुरक्षा दिने प्रहरीबाटै यस्तो हर्कत भएपछि कानुनी कारबाही नभएसम्म चुप चुप नबस्ने स्थानीयको भनाइ छ। यसअघि पनि श्रीचौरमा कार्यरत प्रहरीले मदिरा सेवन गरेर महिलामाथि हिँसा गरेका घटनाहरु सार्वजनिक भएका थिए। ओखलढुङ्गाका जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले असई लाई लागेको आरोपको अनुसन्धान गरेर कानुनी कारबाही गरिने बताए।

सोम, असार ९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस