पटकपटक आग्रह गर्दा पनि चिकित्सक नआएपछि बिरामीको मृत्यु

असार ९ काठमाडौँ दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकको लापरवाहीका एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बंगलाचुली गाउँपालिका ७ सिरुखर्ककी ४९ वर्षीया भिमी साढु रहेकी छिन।

आकष्मिक कक्षमा शनिबार भर्ना गरिएकी साढुको आइतबार दिँउसोसम्म स्वास्थ्यमा सुधार आएको र राति १ बजेबाट साढुको पिसाब रोकिएर छटपटाउन थालेको बताइएको छ। साढुका श्रीमान टिकाराम साढुले राति १ बजेबाट पिसाब रोकिएर छटपटाउन थालेपछि नर्सहरुलाई डाक्टर बोलाइदिन आग्रह गर्दा पनि नआएको बताए।साढुको बिहान ८ बजे उनको मृत्यु भएको हो।

आइतबार दिँउसोसम्म बिरामीमा सुधार हुँदै गएको र साँझ आफ्नो डयुटी नभएका कारण मृत्युबारे आफुले केही भन्न नसक्ने प्रतिष्ठानका फिजिसियन डा. जितनारायण यादवले बताए। घटनापछि प्रतिष्ठान परिसरमा तनाब सृजना भएको छ। मृत्युलाई लिएर कुनै किसिमको आन्दोलन गर्न नदिनलाई व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ।

सोम, असार ९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस