पेस्तोल र गोलीसहित दुई जना प्रहरी फन्दामा

असार ९ काठमाडौँ मोरङको बेलबारी नगरपालिकाबाट दुई जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ सुन्दर हरैचा नगरपालिका–१२ बस्ने ४३ वर्षीय अशोक राई र कानेपोखरी गाउँपालिका–६ बस्ने ३४ वर्षीय कन्सा माझी रहेका छन्।

प्रहरीले आइतबार साँझ बेलबारी नगरपालिका ४ बाट दुई थान पेस्तोल म्याग्जिन ४ थान र १४ राउन्ड गोलीसहित उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका दुबैजनालाई हिरासतमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

सोम, असार ९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस