कुमार पौडेल मृत्यु प्रकरण: कोहि संसद रोए, कसैको गृहमन्त्री संग झोकाझोक (भिडियो) !

१० असार काठमाडौं । पूर्वगृहमन्त्री जनार्दन शर्माले विप्लव समूहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्युको सम्बन्धमा प्रहरीको रिपोर्ट र गृहमन्त्रीले दिएको जवाफमा विश्वास गर्न नसकिने बताएका छन् ।

प्रहरी र गृहमन्त्रीले पौडेल मुठभेडमा मारिएको दावी गरे पनि जनताको रिपोर्टले त्यस्तो नभन्ने उनको भनाइ छ ।संसदको राज्य व्यवस्था समितिको बैठकमा नेकपाका सांसद शर्माले भने प्रहरीको रिपोर्टले मुठभेडमा कुमार पौडेलको मृत्यु भयो भन्छ । तर जनताको पनि रिपोर्ट छ त्यसले मुठभेडमा पौडेलको मृत्यु भएको भन्दैन गोली लागेर मारिएको व्यक्तिको हात ६-७ ठाउँमा भाँचिएको पाइएकाले विश्वस्त हुन नसकिने उनको भनाइ छ । उनले सरकारले संविधानको पालना र मानव अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिए ।

विप्लव समूहलाई प्रतिवन्ध लगाउनसमेत आवश्यक नरहेको पूर्वगृहमन्त्री शर्माले बताए ।द्वन्द्व सिर्जना हुन सक्ने देखिइसकेपछि त्यसलाई कसरी रोक्ने भन्ने चिन्ता राज्यले लिनुपर्नेमा त्यसो नगरी अगाडि बढे विद्रोही पक्ष (विप्लव समूह) कै पक्षमा जनसमर्थन बढ्दै जाने नेता शर्माको चेतावनी छ सोमबारको बैठकमा गृहमन्त्री थापाले पौडेलको मृत्यु प्रहरीको जवाफी कारबाहीमा भएको जवाफ दिएका छन् । गस्तीमा रहेको प्रहरी टोलीलाई पौडलसहितको समूहले फायर गरेकाले प्रहरीले आत्मरक्षाको लागि जवाफी फायर गर्दा पौडेलको मृत्यु भएको गृहमन्त्रीको भनाइ छ ।

मङ्ल, असार १०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस