अस्ट्रेलिया बिरुद्ध टस जितेर बलिंग गर्दै इंग्ल्यान्ड कसले मार्ला बाजी !

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत अहिले उपाधि दावेदार इङ्ल्यान्ड र अस्ट्रेलिया आमने सामने हुँदैछन् । लर्डस्मा हुन लागेको खेलमा इङल्यान्डले टस जितेको छ र पहिले बलिङ गर्ने भएको छ । अस्ट्रेलियाले केहिबेरमा इङ्ल्यान्डविरुद्ध ब्याटिङ थाल्नेछ ।

आजको खेलमा दुबै टोली जित निकाल्दै विश्वकपमा बलियो हुने योजनामा छन् । जारी विश्वकपमा इङ्ल्यान्ड अहिलेसम्म ६ खेलमध्ये ४ खेलमा जित र २ मा हार व्यहोर्दै अंक तालिकामा ८ अंकसहित हाल चौथो स्थानमा रहेको छ यता अस्ट्रेलियाको स्थिति भने केहि सहज देखिएको छ । ६ खेल खेलिसकेको अस्ट्रेलिया अहिले १० अंकसहित अंकतालिकाको दोस्रो स्थानमा रहेको छ ।

मङ्ल, असार १०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस