कांग्रेस प्रवक्ताको गोली हानि हत्या

असार १२ काठमाडौं भारतीय कांग्रेस प्रदेश प्रवक्ता विकास चौधरीको गोली हानेर हत्या गरिएकाे छ। भारतको हरियाणाको फरीदाबादमा दुई जना व्यक्तिले चौधरीमाथि गोली वर्षाएको प्रहरीले जनाएको छ।

गोली लागेपछि गम्भीर घाइते भएका चौधरीको सर्वोदय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। चौधरीको शरीरमा कम्तिमा ८ देखि १० गोली लागेका छन्।

बिहि, असार १२, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस