‘मिस गुरुङ इन्टरनेशनल– तेश्रो संस्करणको लागि खोजी सुरु

चितवन
असार १६

‘मिस गुरुङ इन्टरनेशनल– तेश्रो संस्करणको खोजी सुरु भएको छ । मृगतृष्णा फेसन एण्ड प्रोडक्शन हाउसद्वारा आयोजित प्रतियोगितका लागि केही साता अघि नै आवेदन खुला गरिएको हो । आयोजकले ‘मिस गुरुङ इन्टरनेशनल–२०१९’का लागि देशको प्रमुख सहरमा अडिसन लिँदैछ ।

प्रतियोगिताको तेस्रो संस्करणका लागि अडिसनको तयारी भइरहेको आयोजक संस्थाकी अध्यक्ष तथा फेसन डिजाइनर तृष्णा गुरुङले बताइन् । उनका अनुसार यही ४ गतेबाट अडिसन सुरु हुँदैछ । तालिकाअनुसार ४ साउनमा इटहरी, ६ गते चितवन र कावासोती (नवलपुर), ७ गते बुटवल, ८ गते पोखरा र १८ साउनमा काठमाडौंमा अडिसन हुँदैछ ।

‘मिस गुरुङ इन्टरनेशनल–२०१९’का मा अडिसन दिनका लागि एक सयभन्दा बढीले आवदेन दिइसकेको जनाइएको छ । ती मध्ये ३० जनालाई छनोट गरेर फाइनलमा उतार्ने आयोजकको लक्ष्य रहेको छ । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आउँदो २८ भदौमा राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा

 

प्रतिष्ठानमा हुने आयोजक संस्थाकी अध्यक्ष गुरुङले जानकारी दिइन् ।
सन् २०१४ देखि सुरु भएको यो प्रतियोगिता दुई वर्ष ग्याप भएको थियो । ‘मिस गुरुङ इन्टरनेशनल’लाई प्रतिष्ठित र भव्य बनाउन देशभरीबाट आवेदन लिएको आयोजकले जनाएको छ ।

यस प्रतियोगिताका विजेताले स्कुटीसहित १० लाख रुपैयाँ बराबरको विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्ने जनाइएको छ । साथै, अन्तर्राष्ट्रिय टुरको समेत अवसर पाउने आयोजकले जनाएको छ ।

सोम, असार १६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस