एसईई पूरक परीक्षा साउन २६ र २७ गते संचालन हुने (तालिकासहित)

असार १८ काठमाडौँ राष्ट्रिय परीक्षा बोर्डले २०७५ मा सम्पन्न एसईईकाे पूरक परीक्षाकाे समय तालिका सार्वजनिक गरेको छ। बोर्डले बुधबार एक सूचना प्रकाशित गरी दुईदिने मौका परीक्षाको तालिका सार्वजनिक गरेको हो।

परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार उक्त पूरक परीक्षा आगामी साउन २६ र २७ गते सञ्चालन गरिनेछ। मौका परीक्षामा सैद्धान्तिक दुई विषयसम्म सी वा सी भन्दा तलको ग्रेड हासिल गरेका नियमिततर्फका विद्यार्थी सहभागी हुन पाउनेछन्। २ विषयमा अनुपस्थित विद्यार्थीले पनि मौका परीक्षामा सहभागी भएर लाभ लिन सक्ने बोर्डले जनाएको छ।

जसअनुसार एक विषयमा मात्र परिक्षा दिने परीक्षार्थीहरूका लागि साउन २६ गते आइतबार पूरक परीक्षा सञ्चालन गरिनेछ भने २७ गते सोमबार दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि (दोस्रो ठूलो कोड नम्बरको विषय) परीक्षा सञ्चालन गरिनेछ।परीक्षामा सहभागी हुन चाहनेले साउन १५ सम्ममा आवेदन फारम भर्ने समयसीमा बोर्डले तोकेको छ।

बुध, असार १८, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस