बोक्सीको आरोप लगाई पिडा दिने दुई महिला पक्राउ

असार १९ काठमाडौँ बोक्सीको आरोप लगाउने दुई महिलालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका १६ बस्दै आएका ३३ वर्षीया सोममाया गुरुङ र सोही स्थान बस्ने २५ वर्षीया चन्द्रकला थापा रहेका छन्।

बुधबार वडा प्रहरी कार्यालय वालिङमा ३८ वर्षीया महिलालाई बोक्सीको आरोप लगाई गालीगलौज गरी पिडा दिएको भनि जाहेरी परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले बताए। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

बिहि, असार १९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस