समितिमा चर्काचर्की, प्रधानमन्त्रीलाई अफर मेरो स्कुटीमा मास्क नलाई बस्नुस बनस्थली लैजान्छु

काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेस सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजधानीमा मास्क लगाउनुपर्छ कि पर्दैन भन्ने थाहा पाउन स्कुटरमा बसेर यात्रा गर्न चुनौती दिएकी छन् ।

आफ्नो कार्यकालमा राजधानीमा धूवाँधूलो नियन्त्रण भएकाले अब मास्क लगाएर हिँड्न पर्दैन भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति उनले कटाक्ष गरेकी हुन् । ‘मन्त्री (भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ)ज्यूमार्फत प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु, आउनुस् प्रधानमन्त्रीज्यू ! मेरो स्कुटीको पछाडि बस्नुस्, वनस्थलीसम्मजाऔँ । मास्क लाउनुपर्छ कि पर्दैन, हेरौं,’ प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बिहीबार बसेको बैठकमा शाहीले भनिन् ।

बैठकमा सरकारका तर्फबाट यातायातमन्त्री महासेठ सहभागी थिए । शाहीले आफू स्कुटीमा हिँड्ने गरेको उल्लेख गर्दै राजधानीमा मास्क लगाउनुपर्छ कि पर्दैन भनेर बुझ्न मन्त्री महासेठ र समितिका सदस्यहरूलाई समेत आग्रह गरेकी थिइन् ।

हेर्नुहोस बिकास समितिको सो भिडियो

शुक्र, असार २०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस