प्रधानमन्त्री भन्छन सरकारलाई असफल देखाउन मास्क लगाएर हिड्न थाले

असार २० काठमाडौं प्रधानमन्त्री केपी ओलीले पछिल्लो समय सरकारको विरोध गर्नकै लागि माक्स लगाएर हिड्न थालेको बताएका छन्। आज नेकपा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माक्स नलगाएर पनि हिड्न सकिने अवस्थामा आफ्नो र सरकारको विरोध गर्नकै माक्स नलगाउनेहरुले पनि माक्स लगाएर हिड्न थालेको बताए।आँफु प्रधानमन्त्री हुँदा माक्स नलागाई हिड्न नसकिने अवस्था भएको तर अहिले माक्स नलागए पनि हिड्न सकिने अवस्था आएको बताउंदै उनले सरकारको विरोधकै लागि माक्स लगाएर हिड्नाले स्वास्थ्यको लागि फाइदा हुने बताए।
प्रधानमन्त्री ओलीले केहीदिनअघि एक औपचारिक कार्यक्रममा काठमाडौं उपत्यका आहिले माक्स लगाएर हिड्नुपर्ने अवस्था नरहेको बताएपछि उनको चौतर्फी आलोचना भएको थियो।

अब मास्क लगाएर हिँड्न नपर्ने प्रधानमन्त्रीको अभिब्यक्तिपछी नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफुँसंग स्कुटरमा बसेर यात्रा गर्न आग्रह गरेकी थिइन्। बिहीबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा उनले भनिन प्रधानमन्त्रीज्यू मेरो स्कुटरको पछाडि बसेर वनस्थली जाऊँ अनि थाहा हुन्छ काठमाडौँमा मास्क लगाउनुपर्छ कि पर्दैन।

शुक्र, असार २०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस